FAQs Complain Problems

समाचार

वालिङ बजार

Read More

Municipal Sanitation Excellence Award

Read More

Sanitation Excellence Award 2023

Read More

कार्यालय परिसरको बगैंचा

Read More

सार्वजानिक सुनुवाई कार्यक्रम २०८०

Read More

साइकलिङ

Read More

आँधीखोलामा ऱ्याफ्टिङ् गर्दै

Read More

गर्हौंकालिका मन्दिर

Read More

Mobile Application---Krishi Connect

Read More

प्याराग्लाइडिङ

Read More

वालिङ नगरपालिकाको आधिकारिक वेबसाईटमा तपाईंलाई स्वागत छ

वालिङ नगरपालिकाको संक्षिप्त परिचय

साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको (१,४-६) वडाहरू, मल्याङकोटको वडा नं. ४ तिनदोबाटेको (२-५) वडाहरू, कालिकाकोटको (१,२,९) वडाहरू, पेलाकोटको (५,६) वडाहरू स्वरेकको (२-४,८) वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो ।त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ। वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट  ६५ कि.मि. तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ कि.मि. टाढा रहेको छ ।आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७३१ मिटर देखि १५९६ मिटर उचाई सम्म रहेको छ ।

नेपाल सरकारबाट वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने भनी घोषणा गरिएकोले स्थानीय सरकार पनि सो परिकल्पनालाई साकार बनाउन लागि परेको छ। नगरपालिकाको बजारक्षेत्रलाई स्मार्ट सिटी तथा गाँउहरुलाई स्मार्ट भिलेजहरु बनाई स्मार्ट वालिङ बनाउने योजना रहेको छ।

Pages

पदाधिकारीहरु

कृष्ण खाँण
नगर प्रमुख
कविता गैह्रे
नगर उपप्रमुख
तेजराज शर्मा
प्रमुख प्रशासकीय अधिकृत
ज्ञान प्रसाद अर्याल
सूचना अधिकारी

Services

सेवा प्रकारः- दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. १००
आवश्यक कागजातहरुः-

जन्म दर्ता:

  • मूलीको सूचना फाराम
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता

मृत्यु दर्ता:

  • मूलीको सूचना फाराम
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता

विवाह दर्ता :

  • पति र पत्नीको  संयुक्त सूचना फाराम
  • पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने

बसाई सराइ:

  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

सम्बन्ध विच्छेद:

  • सूचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
सेवा प्रकारः- सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २५०
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जन्मदर्ता  प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण
  • नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने 
  • दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
     
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिनको हकमा बढीमा ३ दिन, सर्जमिन गर्नु नपर्नेमा २० मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रु. ४०० अंग्रेजीमा रु. १०००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
  • मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र 
  • स्थानीय सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्नुपर्ने भएमा बढीमा ७ दिन, सर्जमिन गर्नु नपर्ने भएमा ३० मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वंशजको लागि रु २५०, अङ्गीकृतको लागि रु. ५२००
आवश्यक कागजातहरुः-

वंशजको नागरिकता सिफारिस

  • कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबु वा आमाको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको  विदेशी महिलाको लागि)

  • निवेदन, अनुसूची – ७ को फारम भरेको
  • नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
  • विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
  • सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नेपाली नागरिकताको सिफारिस  ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )

  • निवेदन, अनुसुची ७ को फाराम भरेको
  • आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
  • जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
  • सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
  • सर्जमिन मुचुल्का 
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पेन्सन सिफारिस रु. ११००, पेन्सन वारेसनामा सिफारिस रु. १०५०
आवश्यक कागजातहरुः-

१) निवेदन २) पेन्सन पट्टा ३) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रहरू ४) स्थानीय सर्जमिन मुचुल्का ५) चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नक्सा पास गरेको घरको लागि नयाँ जडान रु. १०००, नक्सा पास नगरेको अस्थायी घरको लागि रु. २०००, विद्युत नामसाारी सिफारिस रु. ५००
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिको निवेदन
  • घर नक्सापास प्रमाणपत्र
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
  • नामसारी गर्नुपर्ने भएमा दुवैको प्रमाणहरु पेश गर्नुपर्ने ।
सेवा प्रकारः- कर/राजश्व
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख, वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय, नगरपालिका कार्यालय
सेवा शुल्कः- नयाँ व्यवसाय भएमा दर्ता शुल्क र व्यवसाय नवीकरण शुल्क ( चालु आ.व.को आर्थिक ऐनमा तोकिएबमोजिम )
आवश्यक कागजातहरुः-

दर्ता नगरिएको व्यवसाय भएमा,

  • व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
  • व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
  • जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
  • बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र

पहिल्यै दर्ता गरेको भएमा

  • गत वर्ष कर तिरेको रसिद
  • व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन

Pages

जानकारी