FAQs Complain Problems

ग्यालरी

मिति २०७६।२।२५ र २६ गते दुई दिन बसन्तपुर दरबार परिसरमा नेपाल नगरपालिका संघद्वारा WASH (Water Sanitation and Hygiene) Mela 2019 को आयोजना गरिएको थियो । मेलामा नगरपालिका संघ लगायत देशभरबाट ४ वटा नगरपालिका तथा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत नेपालका सरकारी कार्यालयहरु, बैकल्पिक उर्जा प्रवर्धन केन्द्र, NGO र INGO हरुको सहभागिता थियो । वालिङ नगरपालिकाको स्टल अवलोकन गर्न धेरै व्यक्तिहरु आउनुभएको थियो ।  केही फोटोहरु यसै साथ संलग्न छन् ।

, , , , , , , ,

यस वालिङ नगरपालिकाद्धारा मिति २०७६ बैशाख २० र २१ गते सञ्चालन गरिएको “ स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण तालिम ” नगरपालिकाका नगर प्रमुख श्री दिलिप प्रताप खाँण ज्यूको अध्यक्षता र प्रमुख सहजकर्ता सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार तथा प्रशासकीय अदालतका अध्यक्ष श्री काशीराज दाहाल ज्यू समेतको सहजीकरणमा कार्यपालिकाका पदाधिकारीहरु तथा शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु (६३ जना) को  उपस्थितिमा व्यापक छलफल गरी तपशिल बमोजिमको निर्णय गरियो ।

तालिम कार्यक्रमका सहजकर्ताहरु

  1. प्रमुख प्रशिक्षक सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार तथा प्रशासकीय अदालत अध्यक्ष श्री काशीराज दाहाल
  2. योगा विद श्री डा. राजु अधिकारी
  3. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव श्री विष्णुदत्त गौतम
  4. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव श्री प्रह्लाद कुमार कार्की
  5. कोष तथा लेखा नियन्त्रक कार्यालय, स्याङ्जाका प्रमुख ।

निर्णय नं. १

वालिङ नगरपालिकाद्धारा Smart Waling को योजना ( 4 Pillars, 30 Components and 106 Indicators) भित्र रहेर आवधिक योजना र Comprehensive Planning बनाई लागू गर्ने निर्णय गरियो ।

निर्णय नं. २

संघीय ऐन, प्रादेशिक ऐन र नगरपालिकाको ऐनहरुलाई अक्षरस पालना गरी नगरपालिकाद्धारा निर्मित नियमावली, कार्यविधि र निर्देशिकालाई अक्षरस कार्यान्वयन गरिनेछ ।

निर्णय नं. ३

स्थानीय जनताको चाहना, आकांक्षा र आवश्यकता अनुसार संविधानको लक्षित उद्देश्य पुरा हुने गरी स्थानीय तह भित्रको समग्र विकासको निम्ति आवश्यक गुरुयोजना बनाई त्यसलाई प्रभावकारी रुपमा लागू गर्ने गराउने ।

निर्णय नं. ४

वालिङ नगरपालिकाले वार्षिक बजेट र योजना बनाउँदा स्थानीय बासिन्दाको आवश्यकतालाई बढी जोड दिई उत्पादनमूलक र रोजगारमूलक कार्यमा बढी बजेट बिनियोजन गरी त्यस क्षेत्रमा लगानी गर्ने, नागरिकको आर्थिक, सामाजिक हकलाई कार्यान्वयन गर्न गराउन सोही अनुरुपको कार्ययोजना बनाई लागू गर्ने गराउनेछ ।

निर्णय नं. ५

वालिङ नगरपालिकाभित्र पर्यटन क्षेत्रको विकासको निम्ति आवश्यक पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्धन गर्ने ।

निर्णय नं. ६

वालिङ नगरपालिका अन्तरगतका ताल तलैया, पोखरी र धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण सम्बर्द्धन गर्ने गराउने ।

निर्णय नं. ७

प्रत्येक वडामा पार्क निर्माण, वृक्षारोपण, फोहरको उचित व्यवस्थापन वातावरणमैत्री हरियाली वातावरण, खेलकुदका निम्ति मनोरञ्जन स्थल निर्माण गर्ने, बालमैत्री वातावरण तयार गर्ने जस्ता कार्यहरु गर्ने गराउने ।

निर्णय नं. ८

सबै वडाहरुलाई जोड्ने गरी सडक सञ्जाल निर्माण गरी जनतालाई सहजरुपमा यातायात सुविधाको व्यवस्था गर्ने ।

निर्णय नं. ९

सबैका निम्ति खानेपानीको व्यवस्थापन साथै सिंचाईको उचित प्रबन्ध गर्ने गराउने,

निर्णय नं. १०

उन्नत कृषि र आधुनिक तवरले पशुपालनको विकास गर्ने गराउने,

निर्णय नं. ११

हाट बजारहरुलाई व्यवस्थित गर्ने, मेलाहरुको उचित व्यवस्थापन गर्ने गराउने ।

निर्णय नं. १२

नागरिकहरुमा कर्तव्यबोध गराउनको लागि नागरिक शिक्षा विद्यालयस्तरमा लागू गर्ने गराउने ।

निर्णय नं. १३

प्रत्येक वडाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक, सरकारी, सामुदायिक सम्पत्तिहरुको लगत दुरुस्त रुपमा राखी त्यसको संरक्षण, संबर्द्धन गर्ने र स्थानीय कार्यपालिकाले व्यवस्थित रुपमा त्यसको संरक्षण र प्रवर्धन गर्ने गराउने ।

निर्णय नं. १४

वालिङ नगरपालिकाले आफ्नो काम कारवाहीलाई लोकतान्त्रिक विधि र कानुनी शासनको सिद्धान्त बमोजिम गर्ने गराउने ।

निर्णय नं. १५

वालिङ नगरपालिकाको स्थानीय सरकार र त्यस अन्तरगतका ईकाईहरुले अधिकारको दुरुपयोग नगरी आर्थिक अनुशासन कायम गर्ने गराउने।

निर्णय नं. १६

स्थानीय स्तरमा सुशासन प्रवर्द्धन गर्न सोही अनुरुप पारदर्शी र जवाफदेही प्रणाली अपनाई भष्ट्राचार र अनियमितताको रोकथाम र नियन्त्रण गरी सुशासन कायम गर्ने ।

निर्णय नं. १७

वालिङ नगरपालिकाले सेवाग्राही प्रतिको व्यवहारमा समानता, समन्याय, सदभाव र एकताको सम्बन्ध विकास गर्ने ।

निर्णय नं. १८

न्यायिक समितिले बढी भन्दा बढी मेलमिलापको प्रक्रियाद्धारा समाधान गर्ने गराउने ।

निर्णय नं. १९

स्थानीय सरकारले सामाजिक सुरक्षा र सामाजिक न्यायका सिद्धान्तहरुलाई व्यवहारमा लागू गरी  जनताका पक्षमा हितकारी कार्य गरी सुविधा प्रदान गर्ने ।

निर्णय नं. २०

उपभोक्ताको अधिकार संरक्षण गर्ने, सामाजिक अपराध र दुर्व्यसनीको रोकथाम नियन्त्रण गर्ने ।

निर्णय नं. २१

स्थानीय सरकारले स्थानीय तहलाई नमुनाको रुपमा विकास गर्ने सोही अनुरुपको कार्ययोजना बनाई स्मार्ट नगरको रुपमा विकास गर्ने गराउने ।

निर्णय नं. २२

यस वालिङ नगरपालिकाका नगरबासीहरुलाई स्वस्थ राख्नको लागि योग शिविर र प्रशंसनीय दृष्टिकोण जस्ता तालिम कार्यक्रम गर्ने गराउने ।

निर्णय नं. २३

कानुनले अधिकार तोकेको बुँदाहरु राखी सानो बुक तयार गरी २०७६/०२/१५ गते भित्र वडा अध्यक्षहरुलाई उपलब्ध गराउने ।

निर्णय नं. २४

वडा अध्यक्षले गर्ने सिफारिसहरुमा सत्य तथ्य बुझी सिफारिस गर्ने ।

निर्णय नं. २५

यस नगरपालिकाभित्र व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई पूर्ण रुपमा करको दायरामा ल्याउने प्रयत्न गर्ने ।

निर्णय नं. २६

सार्वजनिक जग्गा तथा सरकारी जग्गामा बनेका घरहरुलाई बहाल विटौरी शुल्क पूर्ण रुपमा लगाउने ।
 

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०७६/१/१२ गते नगरपालिकाबाटै अपांगता भएकाहरूलाई परिचयपत्र वितरण गर्नुहुदै नगर उपप्रमुख श्री कल्पना तिवारी ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री गुरुदत्त सुवेदी  ज्यू ।

,

मिति २०७६/१/१२ गते वालिङ नगरपालिका,  वडा नं. १० काे आयाेजनामा आईपिएम पाठशालामा सहभागीहरूलाई प्रमाणपत्र  प्रदान गर्नुहुदै नगर प्रमुख दिलिप प्रताप खाँण ज्यू

,

मिति २०७६/०१/१२ गते वालिङ वडा नं. ७ मा बनकट्टा सांस्कृतिक हाेमस्टेकाे सामुदायिक भवनकाे शिलान्यास गर्नुहुदै नगर प्रमुख दिलिप प्रताप खाँण ज्यू

,

मिति २०७६/१/१० गते स्याङ्जाली सम्पर्क सदन, पोखराका पदाधिकारीहरुबाट वालिङ नगरपालिकामा भेटघाट, नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा सम्पर्क सदनको भित्तेपात्रो वितरण कार्यक्रम सम्पन्न । कार्यक्रममा नगर उपप्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत अन्य कर्मचारीहरुको सहभागिता ।

, , , , ,

प्रेस विज्ञप्ति
( ६ बैशाख, २०७६)

नेपाल सरकार एवम्  विभिन्न सरकारी निकायहरुलाई विद्युत्तीय माध्यमबाट बैंक खाता मार्फत् भुक्तानी कारोबार गराउने प्रतिबद्धता संगै, गण्डकी प्रदेश अन्तर्गतको वालिङ नगरपालिकाको विभिन्न भुक्तानी लिने तथा दिने कारोबारहरु पनि अब नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विद्युत्तीय भुक्तानी प्रणालीहरु मार्फत् अनलाईनबाट गराउने भएको छ । यसै सन्दर्भमा आज वालिङ नगरपालिका र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच सम्झौता भएको  छ र सम्झौता पत्रमा वालिङ नगरपालिकाका तर्फबाट नगरप्रमुख श्री दिलिप प्रताप खाँडज्यू एवम् नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान ज्यूले हस्ताक्षर गर्नुभएको छ।

उक्त सम्झौता अनुसार वालिङ नगरपालिकाको मातहतमा हुने सम्पूर्ण भुक्तानी कारोबारहरु, विद्युतीय माध्यमबाट सहज तरिकाले गराउन नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आवश्यक सहकार्य एवम् संचालन गर्दै आएका विभिन्न  विद्युत्तीय भुक्तानी प्रणालीहरु उपलब्ध गराउने छ ।नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्वित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Direct debit/ Direct credit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने connectIPs\ e-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ । connectIPs मार्फत अनलाईन फण्ड ट्रान्सफर, नेपाल सरकारको राजस्व भुक्तानी, सेयर ब्रोकरको भुक्तानी, क्रेडिट कार्डको भुक्तानी, मोबाईल वालेट लगायतका विभिन्न कारोबारहरु गर्न सकिन्छ ।थप जानकारीका लागि www.nchl.com.np हेर्न सकिन्छ ।

 

, , ,

छाता संस्था, नेपाल र वालिङ नगरपालिकाबीच करीब एक करोड बराबरको कार्यक्रम गर्ने सम्झौता, सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख श्री दिलीप प्रताप खाँण तथा छाता संस्था, नेपालका अध्यक्ष श्री मेघ आले ।

मिति २०७५।१२।२८ गते यस वालिङ नगर कार्यपालिकाको कार्यालयबाट सरुवा भइ जान लाग्नुभएका शाखा अधिकृत श्री बावुराम न्यौपाने, लेखापाल श्री कृष्ण बहादुर पराजुली, वडा सचिव श्री नारायण शर्मा र कम्प्युटर अपरेटर श्री बसन्त थापालाई बिदाई गरियो। कार्यक्रममा नगर प्रमुख श्री दिलिप प्रताप खाँण, उपप्रमुख श्री कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत श्री गुरुदत्त सुवेदी, नगरपालिका अन्तरगतका कर्मचारी साथीहरु, कर्मचारी मिलन केन्द्र, वालिङका साथीहरुसमेतको उपस्थिति थियो ।
 

, , , , , , , ,

स्थानिय तहमा प्रयाप्त राेजगारी सृजना गरी सबैका लागि न्यूनतम राेजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको प्रधानमन्त्री राेजगार कार्यक्रम सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाकाे सभाहलभित्रका तस्विरहरू । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु, पत्रकारहरु, अन्य संघसस्थाका कर्मचारीहरु आदिको सहभागिता थियो ।

, , , , , ,

Pages