FAQs Complain Problems

नाता प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिनको हकमा बढीमा ३ दिन, सर्जमिन गर्नु नपर्नेमा २० मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु. ४०० अंग्रेजीमा रु. १०००
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
  • मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र 
  • स्थानीय सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
  • वडा अध्यक्षले सम्बन्धित  कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्चमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ।
  • निवेदकले तोकिएको शुल्क बुझाउने ।
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने