व्यवसाय दर्ता प्रमाणपत्र लिनका लागि चाहिने कागजातहरु के के हुन् ?
- रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
- २ प्रति फोटो
- व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
- वडाले आवश्यक ठानेको कागजात
योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि न पा मा के के कागजात पेश गर्नुपर्छ ?
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
- वडा कार्यालयको राय सिफारिस पत्र।
- प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
- प्राविधिक MEASUREMENT BOOK।
- योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
- उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
- योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
- खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
- डोर हाजिर फारम (प्रमाणित)।
- खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
- सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
- विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
- सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
- जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।
योजनाको रनिङविल माग गर्दा के के कागज पेश गर्नु पर्छ ?
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
- डा कार्यालयको राय सिफारिस पत्र।
- उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
- प्राविधिक MEASUREMENT BOOK।
- योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
- उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
- योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
- खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
- डोर हाजिर फारम (प्रमाणित)।
- खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
- सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
- बीस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
- सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?
- उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
- आयोजनाको लागत अनुमान विवरण।
- उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
- आयोजनाको कार्यान्वयनको कार्य तालिका।
- खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
- योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
- योजनाको छाप।