सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. १००
आवश्यक कागजातहरु:
जन्म दर्ता:
- मूलीको सूचना फाराम
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
मृत्यु दर्ता:
- मूलीको सूचना फाराम
- मृतकको नागरिकता
- सूचकको नागरिकता
विवाह दर्ता :
- पति र पत्नीको संयुक्त सूचना फाराम
- पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने
बसाई सराइ:
- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सम्बन्ध विच्छेद:
- सूचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- अनलाईन सिस्टम मार्फत घटना दर्ताहरु गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- निवेदकको सहीछाप लगाई सूचनाको फारम राख्ने
- प्रमाणपत्रमा पञ्जीकाधिकारीले सहीछाप गरी निवेदकलाई उपलब्ध गराउने ।