सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्नुपर्ने भएमा बढीमा ७ दिन, सर्जमिन गर्नु नपर्ने भएमा ३० मिनेट
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
वंशजको लागि रु २५०, अङ्गीकृतको लागि रु. ५२००
आवश्यक कागजातहरु:
वंशजको नागरिकता सिफारिस
- कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
- जन्मदर्ताको प्रमाणपत्र
- शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- बाबु वा आमाको नागरिकता प्रमाण पत्र
- पासपोर्ट साइजको फोटो २ प्रति
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको विदेशी महिलाको लागि)
- निवेदन, अनुसूची – ७ को फारम भरेको
- नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
- विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
- सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
अंगीकृत नेपाली नागरिकताको सिफारिस ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )
- निवेदन, अनुसुची ७ को फाराम भरेको
- आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
- जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
- सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
- बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
- सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्चमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानुनी राय आवश्यक भएमा राय सोध्ने ।
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
- तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।