FAQs Complain Problems

ग्यालरी

आज मिति २०७५-१२-२६ गते मंगलबारका दिन ललितपुर महानगरपालिकाका उपप्रमुख श्री गीता सत्यालज्यूको संयोजकत्वमा वालिङ नगरपालिकामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी अध्ययन अवलोकन भ्रमण कार्यक्रमको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वालिङ नगरपालिकामा सुरु गरिएको Smart Health तथा नगरपालिकाको सरसफाईको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख श्री दिलीप प्रताप खाँण ज्यू, उपप्रमुख श्री कल्पना तिवारी ज्यू , प्र.प्र.अ. श्री गुरुदत्त सुवेदी ज्यू लगायत अन्य कर्मचारीहरु  साथै  ललितपुर महानगरपालिकाको तर्फबाट उपप्रमुख श्री गीता सत्यालज्यू, समाज कल्याण महाशाखा  तथा जनस्वास्थ्य शाखा अन्तरगतका सम्पूर्ण स्वास्थ्य केन्द्र, सामाजिक विकास समितिका पदाधिकारीहरु लगायत प्रशासनिक कर्मचारीहरुको उपस्थित रहेको थियो । 

 

, , , , , , ,

नगर उपप्रमुख श्री कल्पना तिवारी, ११ नं. वडा अध्यक्ष श्री बसन्त कुमार मल्ल लगायत वडाका जनप्रतिनिधिज्यूहरुको समुपस्थितिमा २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । 

, , , ,

वालिङ नगरपालिका वडा नं. २, छतिउन डाँडा, सार्वजनिक चाैरमा  वर्ष ३० औं वर्ष अघि देखि कच्ची घर निर्माण गरी बस्दै आएकाेमा २०७२ सालकाे विनासकारी महा-भुकम्प पश्चात भूकम्प लाभग्राही सूचिमा सुचिकृत विना वि.क. र रेशम वि.क. लाई नेपाल सरकार, पूनर्निर्माण प्राधिकरणकाे नियमानुसार नेपाल अधिराज्य भर एकाघर परिवारकाे नाममा जग्गा नभएका लाभग्राहीलाइ प्रकृया पुरा गरी जग्गा उपलब्ध गराइने व्यवस्था भएअनुरुप प्राप्त जग्गाको जग्गाधनी प्रमाणपुर्जा नगर प्रमुख श्री दिलिप प्रताप खांण ज्यूबाट हस्तान्तरण गरिएकाे कार्यक्रमका झलकहरू।

, ,

वालिङ, १२ चैत ।
आवधिक नगर उद्यम विकास रणनीतिक योजना सम्बन्धी एकदिने गोष्ठी मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति, स्याङ्जाको सहयोग तथा वालिङ नगरपालिका एवम् संगम तालिम तथा परामर्श केन्द्र, म्याग्दीको आयोजना उक्त गोष्ठी सम्पन्न भएको हो ।
वालिङ नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त गोष्ठीमा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिकाका प्रत्येक वडामा उद्यमशिलतालाई बढाउँदै लगिने बताउनुभयो । “वालिङमा नयाँ नयाँ उद्योगहरु स्थापना एवम् नयाँ नयाँ उद्यमीहरुको विकासमा सहयोग गर्नेछौं” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँ भैरहेका उद्योग तथा उद्यमीहरुलाई थप प्रोत्साहन पुग्ने गरी योजना बनाउँछौं ।”
गोष्ठीमा उद्यम विकास योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयहरु, एकीकृत उद्यम विकास मोडल लगायतका विषयहरुमा छलफल एवम् अन्तरक्रिया भएको थियो । नगरपालिका योजनाबद्धरुपले लक्ष्य प्राप्तिका लागि अगाडि बढ्ने बताउँदै सबै वडालाई नगरको उद्यम विकासका लागि हातेमालो गर्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो ।

 

, ,

वालिङ, २४ फागुन २०७५

१०९ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा वालिङ नगर कार्यपालिकाको आयोजनामा शुक्रबार वालिङमा खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ‘लैङगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने नाराका साथ यस वर्षको नारी दिवस मनाइएको हो । वालिङ नगरभित्र रहेका विभिन्न विद्यालयका छात्राहरु तथा अन्य महिलाहरु गरी आठ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए भने अप्रतियोगिको रुपमा पनि सहभागी महिलाहरुले आ–आफ्ना भनाईहरु राखेका थिए । प्रतियोगितामा नेपाल आदर्श क्याम्पसकी सम्झना कोईराला प्रथम, पाईनिअज बोर्डिङ स्कूलकी रचना थापा द्वितीय र नेपाल आदर्श क्याम्पसकी राधा पंगेनीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । उहाँले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिनुभयो । “विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन र यो पूर्ण पनि होईन ।” अब बस्ती बस्तीहरुमा सकारात्मक सोचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै नगर प्रमुख खाँणले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले मानिसको सोच र व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गर्नुभयो । वक्तृत्वकला प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले प्रतियोगितामा पालना गर्नुपर्ने नियमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगर सचिव भुपराज बगाले, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद गैह्रेले वास्तविक पीडित महिलाहरुको सहभागितालाई बढाउन सके अझै सान्दर्भिक हुने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन कार्यपालिका सदस्य युगमाया पंगेनीले गर्नुभएको थियो ।

, , ,

आज मिति २०७५/११/१ गते नगर प्रमुख श्री दिलिप प्रताप खाँण ज्यू , नगर उपप्रमुख श्री कल्पना तिवारी ज्यू, वडा अध्यक्षज्यूहरु तथा कार्यपालिका सदस्य ज्यूहरु बाट The Asia Foundation का Vice President Ken Krug, फाईनान्स अफिसर कमल विष्ट र प्रोगाम अफिसर आश्रय पाण्डे लगायत COMMITTED NEPAL को टिमलाई नगरपालिका अन्तर्गतका योजना तथा गतिविधिहरुको बारेमा जानकारी गराउनु हुँदै ।

, , , ,

तीन दिन लगाएर गरिएको माउन्टेन बाइकिङको सम्भाव्यता अध्ययनले सफलता प्राप्त गरेको छ । मिति २०७४/१२/०४ गते वालिङका विभिन्न भागहरु समेटेर तयार पारिएको १०० किलोमिटरको माउन्टेन बाइकिङ ट्रयाकको घोषणा तथा उद्घाटन गरिएको छ। सो माउन्टेन बाइकिङको रुटलाई Waling 100 : Ultimate MTB Challenge नामाकरण गरिएको छ । सो घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत साथै हलिउडका फिल्म निर्माता,साहित्यकार तथा साहसिक यात्री माइकल कोबल्ड (Michael Kobold), कलाकार म्याक्लम म्याक्डोयल ( Malcolm McDowell),बलिउड नायिका मनिषा कोईरालाको समेत उपस्थिति रहेको थियो ।

, , ,

वालिङ नगरपालिकाले साहसिक पर्यटन प्रवर्धन साथै अन्तर्राष्ट्रिय माउण्टेन बाइकिङ प्रतियोगिताका सञ्चालनको लागि माउण्टेन बाइकिङ ट्रयाकको सम्भाव्यता अध्ययन गरेको छ । काठमाण्डौबाट आएका माउण्टेन बाइकर्सहरुद्वारा सम्भाव्यता अध्ययन गरिएको हो । तीन चरणमा सम्पन्न सम्भाव्यता अध्ययन पहिलो चरणमा केवरे भन्ज्याङ, बनकट्टा, गह्रौंसुर, बझाकोट, दाङसिङ दोस्रो चरण बायाँटारी, उदियाचौर, सिर्सेकोट, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक मैदान र तेस्रो चरणमा त्रियासी, माझकोट, बस्यानी, जगतभञ्ज्याङ, मिर्दी सम्म साईकल कुदाएरै पुरा गरिएको छ । अध्ययन टोलीमा सुदीप पौडेल, देबेन्द्र बस्नेत, राजन राजभण्डरी, कृष्णगोपाल श्रेष्ठ, एलेन राना, दिनकर नेपाल, अशिष खाँण लगायत छन् । अध्ययन टोली संयोजक सुदीप पौडेलले वालिङ नगरपालिका माउण्टेन बाइकिङका लागि दक्षिण एसियामै उत्कृष्ट गन्तव्य भएकोले नगरपालिकाले खेलकुदमा लगानी गर्न डराउन नहुने बताउनुभयो । नगरपालिकाभित्र माउण्टेन बाइकिङ सम्भाव्यता अध्ययन गरी डिपिआर (DPR) तयार गर्ने र छिट्टै नै अन्तराष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता आयोजना गरिने नगर प्रमुख दिलिप प्रताप खाँण बताउनुभयो । उहाँले वालिङ नगरपालिका अधिकांश ग्रामिण भेक मिलेर बनेकोले यहाँ प्याराग्लाइडिङ, माउण्टेन बाइकिङ, क्यानोइङ, रक क्लाइम्बिङ जस्ता थुप्रै साहसिक खेलहरुको सम्भावना रहेको समेत बताउनुभयो । अन्य विकास निर्माणको कामहरु जस्तै खेलकुदको विकास र प्रवर्धनका लागि प्याराग्लाइङि, माउण्टेन बाइकिङ, क्यानोइङ, रक क्लाइम्बिङसँगै भलिबल, फूटबल र क्रिकेटलाई पनि नगरपालिकाले उच्च प्राथमिकता राखेको उहाँको भनाई छ ।

अन्य योजनाहरुमा
राजमार्गको स्तरोन्नतिसँगै एक छेउमा पैदालयात्रीका लागि र अर्को छेउ साइकलको लागि अनिवार्य रुपमा ट्रयाक निर्माण ।
ऐतिहासिक महत्व बोकेको आँधीखोलाको किनारमा दुईतर्फ १२ प्रजातिका बाँस रोप्ने साथै साइकलका लागि ट्रयाक निर्माण ।
नगरपालिकाको १४ वडा भित्र माकुरो जालो आकारमा माउण्टेन बाइकिङ ट्रयाक बनाउने परिकल्पना ।
साहसिक खेलकुद,साँस्कृतिक र एग्रीकल्चरल होमस्टे सम्बन्धी अन्य योजनाहरुलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने ।

, , , , , , , , , , , ,

बैठकमा सबैजना नगरप्रमुखका कुराहरु सुन्दै

, ,

Pages