FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. १००
आवश्यक कागजातहरु: 

जन्म दर्ता:

  • मूलीको सूचना फाराम
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता

मृत्यु दर्ता:

  • मूलीको सूचना फाराम
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता

विवाह दर्ता :

  • पति र पत्नीको  संयुक्त सूचना फाराम
  • पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने

बसाई सराइ:

  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

सम्बन्ध विच्छेद:

  • सूचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
  • वडा अध्यक्षले सम्बन्धित  कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • अनलाईन सिस्टम मार्फत घटना दर्ताहरु गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • निवेदकको सहीछाप लगाई सूचनाको फारम राख्ने
  • प्रमाणपत्रमा पञ्जीकाधिकारीले सहीछाप गरी निवेदकलाई उपलब्ध गराउने ।