FAQs Complain Problems

नगरस्तरीय योजनाहरुको अनुगमन गरिएको सम्बन्धमा !

योजना अनुगमन तथा फरफारक समितिको निर्णय ( मिति २०७४/१२/२९ )

यसै आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाको अनुदान र उपभोक्ता समितिहरुको लागत सहभागितामा उपभोक्ता समितिद्वारा सञ्चालित तपशिल बमोजिमका नगरस्तरीय योजनाहरु सम्बन्धित उपभोक्ता समितिले योजनाको कार्यसम्पन्न भएकोले नियमानुसार भुक्तानी पाँऊ भनी दिइएको निवेदन उपर यस समितिबाट स्थलगत निरीक्षण गर्दा प्राविधिक लागत अनुमान अनुसार निर्माण कार्य सम्पन्न भएको हुँदा समितिबाट जाँचपास तथा फरफारक गर्ने निर्णय गरिएको छ ।  साथै उपभोक्ता समितिका नाममा रहेको पेश्की रकम फर्छ्यौट गरी अन्तिम किस्ता रकम भुक्तानीका लागि सिफारिस साथ अनुरोध गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराईन्छ ।

तपशिल:

  1. त्रियासी, धरमपानी,मन्स्याङ्कोट प्याराग्लाईडिङ मोटरबाटो निर्माण कार्य, वडा नं. १
  2. त्रियासी रानाखोला खहरे रिङ्गरोड मोटरबाटो निर्माण कार्य, वडा नं. १
  3. बुढाकोट गाँउदेखि View Tower सम्म जाने Trekking बाटो निर्माण, वडा नं. ३
  4. एक्लेपिपल धनुबाँस हुँदै भरुवासम्म काफलडाँडा जाने मोटरबाटो निर्माण कार्य, वडा नं. ६
  5. बाँसघारी चूरामणी नेत्रको घर हुँदै छत्तिवन जोड्ने सडक निर्माण कार्य, व़डा नं. ६
  6. चिथाकदेखि गिरीगाँउ व्याङ्तुङ-भरुवा धनुबाँस जोड्ने सडक निर्माण, वडा नं. ८
  7. पूर्णामृत गेटदेखि पूर्णामृत हुँदै गेष्टहाउस जाने सडकमा नाली तथा कल्भर्ड निर्माण कार्य, वडा नं. १०